फेवा सिरानको प्लटिङ् र मापदण्डको चर्चा राष्ट्रियसभामा, पोखरा महानगरलाई आरोप
पाेखरा | असार २१, २०७९
पोखरा: पोखराको फेवातालको मुहान भनिने पामे क्षेत्रमा भएको प्लटिङको विषयमा आज राष्ट्रियसभामा चर्चा चलेको छ ।
सभाका सदस्य खिमलाल देवकोटाले तालको सिरानमै धमाधाम प्लटिङ् भएकोमा चिन्ता व्यक्त गर्दै यसले फेवाको आयु घटाउँदै लगको बताएका छन् । सोही प्रसंगमा देवकोटाले भने, ‘ मैले केटाकेटीमा देखेको फेवातालको आधा भाग अतिक्रमित छ । भूमाफिया र दलालहरुको चंगुलमा छ । फेवातालको पानीको स्रोत र मुहान हर्पनखोला माथिको मानवीय दमन र हिंसा झन् कहालीलाग्दो छ ।’
फेवासँग बाल्यकालीन सम्झनालाई उजागर गर्दै उनले पामेबजारसम्म फेवाताल फैलिएको सुनाए । ‘ढुंगा, गिट्टी, बालुवालगायतका नाममा यसको निरन्तर दोहन भइरहेको छ’ उनले भने ‘दोहन लगायतका कारण फेवाताल निरन्तर पुरिँदैछ । पानीका स्रोतहरु मेटिँदैछन् ।’
ताल संरक्षणमा प्रमुख भूमिका खेल्नुपर्ने पोखरा महानगरपालिकाले नै फेवाको अस्मितामाथि खेलवाड गरेको देवकोटाको आरोप छ । फेवातालको मापदण्ड साविक ६५ मिटर नै कायम राख्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएपनि महानगरपालिकाले खुट्टा कमाएको उनले टिप्पणी गरे ।
त्यस्तै, जिल्ला विकास समिति कास्कीका पूर्वसभापति पूण्यप्रसाद पौडेलको संयोजकत्वमा फेवाताल संरक्षण लगायतका लागि प्रतिवेदन पेस गर्न गठित समितिको २०७८ भदौ २८ को प्रतिवेदन सार्वजनिक गर्न समेत उनले माग गरेका छन् ।
सभामा भावुक शैलीमा प्रस्तुत भएका देवकोटाले सिमसार क्षेत्रमा कंक्रिटको जंगल बढ्दै गरेको, पानीको मुहान छेकेर प्लटिङ गरेको भन्दै यसलाई तत्काल नरोके फेवातालको आयु शताब्दी हाराहारीमा भएको उल्लेख गरे ।
‘फेवातालको गरिमा बचाउन सरकारी संयन्त्रहरु संवेदनशील भएनन् । यसको अस्मितामाथि नै चारैतिरबाट लुट भइरहँदा टुलुटुल हेरेर बसे’ देवकोटाको भनाई छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

